वलीद्वारा बाणिज्य उपाध्यक्ष पदको उम्मेदवारी फिर्ता

तुलसीपुर, २८ माघ ।

तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनमा स्वतन्त्रबाट बाणिज्य उपाध्यक्ष पदमा उम्मेदवार बनेका डिल्लीबहादुर वलीले उम्मेदवारी फिर्ता लिएका छन् । उनले मंगलबार उम्मेदवारी फिर्ता लिएकी हुन् । नेकपा निकट वलीले पार्टीको आधिकारिक उम्मेदवार मिनराज भण्डारीलाई समर्थन गर्ने गरि उम्मेदवारी फिर्ता लिएका हुन् ।

वली तुलसीपुरका स्थापित व्यबसायी हुन् । उनले उम्मेदवारी फिर्ता लिएसंगै बाणिज्य तर्फका बाम्पन्थी प्यानलका भण्डारी, प्रजातान्त्रिक प्यानलका गोकर्ण प्रसाद गिरी र स्वतन्त्र तर्फका उम्मेदवार भुपाल रावतबीच प्रतिस्पर्धा हुने भएको छ । यी मध्ये यस अघि पनि उपाध्यक्ष हुँदै धेरै बर्ष कार्य समितिमै रहेर काम गरेका भण्डारी बलिया उम्मेदवारका रुपमा चिनिन्छन् । संघमा काँग्रेसका व्यबसायीको बर्चश्व रहेकाले गिरी र भण्डारीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । रावत राप्रपा निकट मानिन्छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर