सोमबार विप्लवको शैक्षिक हड्ताल

तुलसीपुर, २८ माघ ।

विप्लव निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)ले सोमबार दाङसहित साविक राप्तीमा शैक्षिक हडताल गरेको छ ।

अखिल क्रान्तिकारी दाङका संयोजक अनिल केसीले आईतबार एक विज्ञप्ति जारी गरि संगठनका रुकुम पश्चिमका अध्यक्ष प्रेम प्रशान्त बोहरा, उपाध्यष सोम्पाल कामी र सहसचिब प्रकाश विक, कोषाध्यक्ष धनबहादुर वलीलाई प्रहरीले झुठ्ठा मुद्दा लगाएर पक्राउ गरेको भन्दै शैक्षिक हड्ताल गरेको हो । साथै उनीहरुलाई तत्काल रिहाइको माग गरिएको छ । हड्तालको क्रममा कुनै पनि शैक्षिक संस्था सञ्चालन नगर्न समेत अनुरोध गरिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर