जनयुद्धको नेतृत्व गरेको हो भन्ने पनि शंका लाग्न थाल्यो : शंकर पोखरेल
तुलसीपुर, १७ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटि सदस्य शंकर पोखरेलले प्रचण्डले जनयुद्धको नेतृत्व गरेको हो , भन्ने विषयमा पनि शंका उत्पन्न भएको बताएका छन् । शुक्रबार तुलसीपुरमा भएको नेकपा ओली समूह निकट भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताए । अहिले पार्टी फुटतर्फ जानुमा प्रचण्डले ल्याएको प्रस्ताब नै रहेको भन्दै आफूले यो प्रस्ताब फिर्ता लिन आग्रह गरेको भएपनि प्रचण्डले नमानेको बताए । ‘मैले अन्तिम अबस्थासम्म पनि त्यो प्रस्ताब फिर्ता लिन प्रचण्डलाई आग्रह गरेँ’, उनले भने‘तर, उहाँले मान्नु भएन्, पार्टीकालागि त्यति सानो प्रस्ताब त फिर्ता लिन मान्नु भएन्, भने उहाँले जनयुद्धको नेतृत्व गरेको हो, भन्ने कुरामा पनि शंका लाग्न थाल्यो ।’
साथै उनले चुनाब जितेर सरकार निर्माण गर्ने बेला समेत प्रचण्डले आफू प्रधानमन्त्री हुन चाहेको बताए ।‘कांग्रेसले प्रचण्डलाई भेटेर तपाई प्रधानमन्त्री खानेगरि तयार हुनुहोस्, भनेपछि उहाँ आफै प्रधानमन्त्री हुन लोभिनुभएको थियो’, उनले भने‘ त्यतिबेला देखि नै पार्टीमा समस्या देखिएको थियो ।’
साथै सरकार पुनगर्ठनका बेला पनि प्रचण्डले साथ दिन छोडेपछि मधेशवादी दलसंग मिलेर भएपनि केपी वलीले सरकार निर्माण गर्न थालेको कुरा पनि मुख्यमन्त्री समेत रहेका पोखरेलले खुलाए ।‘प्रधानमन्त्रीको नाम पठाउनुस्, भनेको
नपठाएपछि दुईजना मन्त्रीलाई मात्रै सफत खुवाउनु पर्ने भयो’,उनले भने‘प्रचण्डले सहयोग नगर्ने भएपछि मधेसवादीदलसंग मिलेर सरकार जोगाउन खेजेपछि बल्ल प्रचण्डले आफ्ना मन्त्रीहरु पठाउनुभयो ।’
साथै उनले पार्टी एकतालाई बचाउनकालागि ११ सय केन्द्रीय सदस्य निर्माण गरिएको समेत बताए । पार्टी फुटाउन ४० प्रतिशत चाहिने ११सय पार्टीका केन्द्रीय सदस्य बनाएपछि कसैलाई पनि पार्टी फुटाउन बहुमत नहुँने भएपनि कमिटि विस्तार गरिएको हो । अहिले पार्टी फोड्ने तागत कसैसंग पनि नभएको उनले बताए ।