कृष्णनगरमा जसपाको प्रदर्शन

कृष्णनगर, पुस १० ।

जनता समाजबादी पार्टी (जसपा)ले शुक्रबार कपिलवस्तुका १० वटै पालिकामा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित संसद विघटन गरेपछि चरणवद्ध आन्दोलनमा उत्रिएको जसपाले शुक्रबार जिल्लाब्यापी प्रदर्शन गरेको हो । यसैक्रममा कृष्णनगर नगरपालिकामा पनि प्रदर्शन भएको छ ।

प्रदर्शनकारीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका थिए । केहीछिन जुलुस निकालेका जसपाका नेता र कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन पछि चार कृष्णनगरको गोलघर चोकमा भेला भएका थिए । जसपाका नेता अकरम पठानले बोल्दै भनेकी प्रधानमंत्री केपी ओलीले संसद विघटन गरेर संविधान विपरित काम गरेको बताए । साथै जसपाको बिरोध कार्यक्रममा सहभागी हुन समेत आग्रह गरे। जसपाको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेकोमा विरोध गरेका थिए ।

विरोध प्रदर्शनमा बृजेश गुप्ता,अकिल अहमद, बजरंगी गुप्ता ,इंद्रदेव चौधरी जीवन श्रीवास्तव गोपाल प्यारे चंदेल ,शम्भू पांडेय, निखिल पाठक,सलमान अरशद इदरीसी,सहित दर्जनौं व्यक्तिको उपस्थित रहेको थियो।लुम्बिनी प्रदेशको सबै जिल्लामा पुतला दहन कार्यक्रम भयको जानकारी प्रदेश प्रवक्ता अकरम पठान ले दिनु भयो।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर