दाङका विद्यालयले स्वास्थ्य, सुरक्षाको मापदण्ड पूरा गरे–नगरेको अनुगमन गरिने
तुलसीपुर २६ मंसिर ।
तुलसीपुरमा निजि तथा सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुसंग छलफल भएको छ । दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा भएको छलफलमा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्द, ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख, शिक्षा कार्यालयका प्रतिनिधि, तुलसीपुर उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्कर गौतम ,शिक्षा संयोजक देवराज विक ,तुलसीपुर शिक्षा शाखा ,जनस्वास्थ्य प्रर्वद्धन शाखाका प्रतिनिधि लगायतको सहभागिता थियो ।
छलफलमा वर्तमान परिस्थितिमा विद्यालय सञ्चालनको अवस्था , जोखिम न्यूनीकरणका उपाय , विद्यालय संचालनको चुनौती जस्ता विषयमा छलफल तथा कोभिडको प्रकोपको विद्यालय संचालनको सिकाईका अनुभवको वारेमा हरेक पालिकामा एकरुपता कसरी ल्याउन सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो ।
कार्यक्रममा आगामी दिनहरुमा नियमित रुपमा विद्यालयमा जनस्वास्थ्य सुरक्षा मापदण्ड अनुसार विद्यालय संचालन भए नभएको अनुगमन गरिने भएको छ । साथै सवै विद्यालयमा अनिवार्य रुपमा जन स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र पठन–पाठन सूचारु गर्न सुझाब समेत दिइएको छ ।