शान्तिनगर गाउँपालिकाले २९ औं अपाङ्गता अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरी मनाएको छ

मंसिर १९ दाङ् ।

बसन्ती ओली ।

‘कोभिड– १९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता, अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ शान्तिनगर गाउँपालिकाको आयोजना तथा अपङ्गता शसक्तिकरण केन्द्र नेपाल र राप्ती बहिरा संघको समन्वयमा २९ औं अन्र्तराष्ट्रिय दिवस विविध कार्यक्रम गरी मनाइएको हो । गाउँपालिका महिला विकास प्रमुुख सावित्रा आचार्यको अध्यक्षता एवम गाउँपालिका अध्यक्ष कमानसिं डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अपङगता सम्वन्धी लोकगित तथा बक्तृत्व कला प्रतियोगिता सम्पन्न गरिएको थियो ।

लोक गितमा डिला ओलि प्रथम र बक्तृत्व कला प्रतियोगितामा शान्तिनगर वडा न 2 कि बसन्ती वली प्रथम भएकी छन् । लोक गित तथा बक्तृत्व कला प्रतियोगिताका विजेतालाई पुरस्कार राप्ती बहिरा संघले प्रदान गरेको थियो । यस्तै अपङ्गता शसक्तिकरण केन्द्र नेपालले शान्तिनगर गाउँपालिका वडा नं.1,2,3,4 का अपाङगता भएका व्यक्तिलार्ई बलाङकेट वितरण गरिएको थियो । कार्यक्रमको सहजिकरण निम वहादुर नेपालीले गर्नुभएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर