कोरोना संक्रमित बढ्न थालेपछि तुलसीपुरमा यस बर्ष देउसीभैलो खेल्न नपाईने निर्णय

तुलसीपुर, २४ कार्तिक /

तुलसीपुरमा यस बर्षको तिहारमा देउसी–भैलो खेल्न नपाईने भएको छ । कोरोना संक्रमित र मृतकको संख्या बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकामा बसेको सर्वदलिय सर्बपक्षीय बैठकले तिहारमा देउसी–भैलो खेल्दा कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।

नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय सभा सदस्य कोमल वलीले गरिव तथा विपन्न व्यक्तिको पहिचन गरेर निशुल्क कोरोणा परीक्षण गर्ने व्यवस्था मिलाउन आग्रह गरिन् । कोरोनाबाट बाहिर आउन टोल–टोलमा पुगेर बिरामी खोजेर उनिहरुको निशुल्क पीसीआर गर्ने व्यवस्था गर्न आवश्यक रहेको सदस्य वलीको भनाई छ ।

तुलसीपुरमा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ५ सय ८८ पुगेको छ । त्यसैगरी सक्रीय संक्रमितको संख्या १ सय ९२ जना पुगेको छ । त्यसैगरी कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत ३ जनाको अवस्था भने गम्भिर रहेको कोभिड १९  तुलसीपुर उपमहानगरपालका फोकल पर्सन बिमल केसीले जानकारी दिए ।  बैठकमा विभिन्न राजनितक दल, संघसंस्था, सुरक्षाकर्मी, वडाध्यक्ष लगाएतकाे सहभागिता रहेकाे थियाे ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर