कोरोना पोजेटिभ देखिएकी महराकी पत्नी सीताको निधन
तुलसीपुर, १९ कात्तिक/
पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको उपचारका क्रममा निधन भएको छ। आज विहान साढे ६ बजेतिर प्रतिनिधिसभा सदस्य समेत रहेका महरा पत्नि सीता महराको निधन भएको हो । निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महरालाई गएको शुक्रबार हेलिकप्टर चार्टर गरि काठमाडौं लगिएको हो । ५९ बर्षीया महराको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।नर्भिक हस्पिटलमा उपचार गर्ने क्रममा मृत्यु भएकी महरालाई कोरोना पोजेटिभ देखिएको थियो।