तुलसीपुरमा कोरोनाबाट थप एक जनाको मृत्यु

तुलसीपुर, १८ कात्तिक ।

तुलसीपुरमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी ५६ बर्षीय संक्रमितको गएराति मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । परिवारले दिएको जानकारी अनुसार केही दिन अघि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वासप्रश्वासमा समस्या, निमोनिया भएपछि उपचारकालागि कोहलपुर लगिएको अबस्थामा उनको मृत्यु भएको हो । योसंगै तुलसीपुरमा कोरोना संmक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर