थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि
असोज ११ दाङ ।
पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ ।
हालसम्म कुल संक्रमितमध्ये ५३ हजार ८९८ निको भइरहेका छन् । आइतबारमात्रै ८८५ डिस्चार्ज भएका छन् ।
यस्तै देशभर संस्थागत आइसोलशेनमा ८ हजार ३२१ जना र होम आइसोलेशनमा १० हजार ६९८ जना रहेका छन् ।