जीपी फाउन्डेशन रुकुम पश्चिमद्वारा मास्क वितरण
देविराम कुसारी
तुलसीपुर, असोज ७ ।
जि.पि. कोइराला फाउन्डेशन रुकुम पश्चिमले कोराना महामारीलाई मध्यनजर गर्दै रुकुम पश्चिमका सरकारी कार्यालयमा मास्क वितरण गरेको छ ।
सामाजिक कृयाकलापमा अग्रसरता हुने उदेश्यका साथ स्थापना भएको गिरिजाप्रशाद कोईराला फाउन्डेशन रुकुम पश्चिमका अध्यक्ष नवराज वलीको अध्यक्षतामा मास्क वितरण गरिएको हो । कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय र शसस्त्र प्रहरी बल रुकुम पश्चिमलाई मास्क र सेनिटाइजर वितरण गरएको हो ।
फाउन्डेसनका अध्यक्ष वलीले जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हरी वली, शसस्त्र प्रहरीका डि एस पी प्रेमसिं धामीलाई मस्क र सेनिटाइजर गरि करिक तिनहजार थान वितरण गर्नुभएको छ ।
फाउन्डेशन गठन भएको एक सता नपुग्दै सामाजिक काम थालनि गरेको भन्दै सरकारी कार्यालयले जिपि फाउन्डेशनलाई धन्यवाद दिएका छन् ।