छैटौं बोगटीस्मृति दिवस आज
दाङ, ३० भदौ ।
माओवादी आन्दोलन नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को निधन भएको छ बर्ष पूरा भएको छ । २०७१ भदौ ३० गते हृदयघात र मस्तिष्कघातका कारण उनको निधन भएको थियो ।
बोगटीको छैटौंस्मृति दिवसको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले पार्टी मुख्यालय धुम्बाराहीमा कार्यक्रम गरेको छ भने पोष्टबहादुर बोगटीस्मृति प्रतिष्ठानले विज्ञप्तिमार्फत सम्झना गरेको छ । यसैबीच पोष्टबहादुर बोगटीस्मृति प्रतिष्ठान दाङले पनि विज्ञप्तिमार्फत बोगटीको सम्झना गरेको छ । प्रतिष्ठानका अध्यक्ष नरबहादुर अधिकारीले जारी गरेको विज्ञप्तिमा हरेक बर्ष भदौ ३० गते स्मृति दिवस मनाउने गरे पनि यो बर्ष कोरोना संकटका कारण मनाउन नसकिएको जनाइएको छ ।
वर्ग, समाज, देश, पार्टी र क्रान्तिप्रति समर्पित बोगटीको योगदानको स्मरण गराउँदै विज्ञप्तिमा आज पुस्ताले उनको निष्ठा र इमान्दारिताबाट थप सिक्नुपर्ने समय आएको विज्ञप्तिमा उल्लेख छ । वर्गीयमुक्तिको बोगटीको सपना अझै पूरा हुन बाँकी रहेको भन्दै विज्ञप्तिमा यसमा प्रतिबद्ध हुँदै आफूलाई वर्गीयमुक्ति यात्रामा निरन्तर होम्नु नै बोगटीप्रति साँचो श्रद्धाञ्जली हुने विज्ञप्तिमा उल्लेख छ ।