शान्तिनगर गाउँपालिका कार्यालय सिल
तुलसीपुर, २९ भदौ ।
दुईजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि दाङको शान्तिनगर गाउँपालिका कार्यालय सिल गरिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार गरिएको स्वाब परीक्षणका क्रममा गाउँपालिकामा कार्यरत कर्मचारी र समुदाय स्तरका गरि १७ जनामा कोरोना देखिएपछि दुई दिनसम्म कार्यालय शिल गरिएको गाउँपालिकाका अधिकृत कृष्णकुमार कडेँलले जानकारी दिए ।
यो अबधीमा सबै कर्मचारी तथा समुदाय स्तरमा व्यापक रुपमा परीक्षण गरिने उनको भनाई छ । सोमबार कर्मचारीसहित ९३ जनाको स्वाब परीक्षण गर्दा १७ जनाका रिपोर्ट पोजेटिभ आएको हो ।