दाङका सबै स्थानीय तहमा युवा सजकता अभियान गठन हुने

तुलसीपुर, २७ भदौ ।

दाङका सबै स्थानीय तहमा युवा सजकता अभियानका समितिहरु गठन भएका छन् । अभियानका जिल्ला संयोजक पूर्ण बिक्रम डाँगीले दाङका सबै स्थानीय तहमा समितिहरु गठन गर्नुकासाथै जिल्ला शाखालाई पनि पूर्णता दिने बताए । अभियानका केन्द्रिय अध्यक्ष चिन्तन पौडेल,१२ वटै प्रदेशका संयोजकहरु,जिल्ला संयोजकरुसग शनिबार भएको अनलाईन छलफलका क्रममा डाँगीले यस्तो बताए ।

युवा सजकता अभियानले समाजमा रहेका हरेक बिकृती र बिसंगतिको न्यूनीकरणका लागि विभिन्न चेतनामुलक कार्यक्रमहरु गर्ने गर्दछ । जसबाट दक्ष युवा शक्ति उत्पादन,स्थानीय स्थरमै भएको सिपको उच्चतम प्रयोग गर्न आम युवाहरुलाई प्रेरित गर्ने संयोजक डाँगीले बताए ।

उनका अनुसार युवा पिँढीलाई देशकै माटोमा उद्याम गर्न प्रोत्साहन गर्ने कार्य पनि रहेको छ । शनिबार आन्तरिक छलफल,परामर्श र भावी रणनीतिक कार्ययोजनाको थालनी गरिएको उनको भनाई छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर