दाङमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि
दाङ २६ भदौ ।
दाङमा शुक्रबार ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित हुनेमा घोराही उपमहानगरपालिका वडा नं १५,१७ र १८ का ६८,४० र २० बर्षीय पुरुष तथा दंगीशरण गाउँपालिका वडा नं. ५ का ३२ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड– १९ फोकल पर्सन कमल चन्दले जानकारी दिए । यो संगै दाङमा कोरोना संक्रमितको संख्या ८ सय ५१ पुगेको छ ।