दाङमा भोलिबाट बिहान ६ देखि १२ बजेसम्म बजार खुल्ने

तुलसीपुर, २१ भदौ

दाङमा भोलिदेखि बिहान ६ बजेदेखि १२ बजेसम्म बजार खुल्ने भएका छन्।जिल्ला प्रशासन कार्यालयमा जारी जिल्ला संकट व्यवस्थापन समितिको बैठकले त्यस्तो निष्कर्ष निकालेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए।

मध्यान्ह १२ बजेपछि भने फेरि नियमित रूपमा लकडाउन हुने प्रजिअ रिजालले बताए। बिहान ६ घन्टा खोल्दा बैंक तथा वित्तीय संस्था पनि मर्कामा नपर्ने उनले तर्क गरे। निजी सवारी साधनको हकमा पनि विहान १२ बजेसम्म जोड बिजोड प्रणालीद्वारा गाडी सञ्चालन हुनेछन् ।

एक हप्ता अगाडि बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले आइतवार राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो। दाङमा शनिबार बेलुकासम्म कोरोना भाइरस संक्रमितको संख्या ९९२ पुगेको छ।त्यसमध्ये ८५७ जना निको भएर घर फर्किएका छन् भने १३३ जना सक्रिय संक्रमित छन्। कोरोना संक्रमणबाट अहिलेसम्म दाङमा २ जनाको मृत्यु भएको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर