दाङमा चार जना कोरोना संक्रमित पुष्टि

तुलसीपुर, १९ भदौ ।

दाङमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार भएको स्वाब परीक्षण रिपोर्टका अनुसार दाङमा ६ बर्षीय वालकसहित चारजना कोरोना संक्रमित थपिएका हुन् । घोराहीका २ र राजपुरका २ जनामा कोरोना संक्रमित भएका हुन् । घोराही १५ का ६ बर्षीय बालक र २५ बर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै राजपुर ७ का १७ र ३६ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर