दाङका टेक्निकल ईन्स्टिच्यूटहरु विरोधमा उत्रीए

दाङ, १८ भदौ ।

देशभरका प्राविधिक शिक्षालयहरुको स्वास्थ्य शिक्षा कार्यक्रम खारेज गरेको प्रति दाङमा टेक्निकल ईन्स्टिच्यूटहरुले विरोध जनाएका छन् ।

दाङका सात वटा ईन्स्टिच्युटले दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको हो । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको साउन ३० गते बसेको बैठकले डिप्लोमा तह भन्दा मुनिका स्वास्थ्य शिक्षा कार्यक्रम यसै शैक्षिक सत्रदेखी सञ्चालन नगर्ने निर्णय गरेकोले आपत्ति जनाएकाले विरोध जनाएको दाङ टेक्निकल ईन्स्टिच्युट तुलसीपुरका सन्चालक दोर्ण वलीले जानकारी दिए ।

शैक्षिक सत्र ०७७÷०७८ को नवीकरणका लागी सिटीईभिटिले आबश्यक दस्तुर समेत जम्मा गराई सकेको अवस्थामा नवीकरण नगर्दा सरकारले खारेजी गर्न खोजेको भन्दै सिटिईभिटिबाट सम्वन्धन प्राप्त प्राविधिक शिक्षालयलाई राहत दिनुको साटो उल्टो मर्कामा पार्ने काम गरेको उनीहरुको आरोप छ ।

सिएमए,अनमी, ल्याव असिस्टेन्ट र आयुर्वेद सहायक जस्ता कार्यक्रम सञ्चालनकालागि नवीकरण तथा भर्ना प्रक्रियालाई अगाडी बढाई दिनुको साथै स्तरोन्नतीको लागी माग समेत गरेको उनले बताए ।

उनका अनुसार दाङ पोलिटेक्निक ईन्स्टिच्युट तुलसीपुरका विजय बहादुर थापा,तुलसीपुर प्राविधिक शिक्षालय तुलसीपुरका कौसिला खड्का र बगरबावा प्राविधिक शिक्षालय लमहीका राम बहादुर चौधरी लगायतको सहभागितामा ज्ञापनपत्र बुझाईएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर