बाढीपहिरोले जनधनको ठुलो क्षति १२ जनाको शव फेला, ४१ जना बेपत्ता

घोराही, १८ भदौ ।

बागलुङको ढोरपाटनमा बाढी पहिरोले जनधनको ठुलो क्षति गरेको छ । अहिलेसम्म १२ जनाको मृत्यु भएको छ । ४१ जना बेपत्ता छन ।

पहिरोले गाउँ नै बगाएको छ । अहिलेसम्म १२ जनाको शव फेला परेको र ४१ जनाको खोजी भइरहेको बाग्लुङका प्रहरी प्रवक्ता डिएसपी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

मृतकमध्ये एकजना २६ वर्षीया केशमाया विकको मात्रै सनाखत भएको छ । ढोरपाटन नगरपालिकाको वडा नम्बर ५, ६, ७, ८ र ९ मा गएराति बाढी र पहिरो गएको थियो । वडा नम्वर ८ र ९ मा बढी क्षति पुगेको छ ।

पहिरोले हेल्थपोष्ट सहित ३१ घर बगाएको रेग्मीले जानकारी दिनुभयो । ४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहितको टोली पुगेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर