प्रदेश ५ का १ हजार १०८ बालबालिकामा कोरोना संक्रमण
बुटवल, १५ भदौ ।
प्रदेश ५ मा कोरोना संक्रमित बालबालिकाको संख्या १ हजार १ सय ८ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबारसम्मको तथ्यांकमा प्युठानमा सबै भन्दा बढी बालबालिकामा संक्रमित छन् । प्युठानमा ४ सय ३३ जना बालबालिकामा कोरोना संक्रमणमा देखिएको हो ।
दाङमा १ सय ७७ र बर्दियामा एक सय ५६ बालबालिका संक्रमित भएका छन् । गुल्मीमा ८४, रुपन्देहीमा ७२, कपिलवस्तुमा ५८, बाँकेमा ५२ एवं पाल्पा र अर्घाखाँचीमा २५र२५ जना बालबालिका संक्रमित छन् । यस्तै, नवलपरासी पश्चिममा १४, रुकुम पूर्वमा ९ र रोल्पाका ३ जना संक्रमित छन् । संक्रमणमा परेका बालबालिकामध्ये ९२ बालबालिका उपचारको क्रममा रहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए ।
संक्रमित होम आइसोलेसनमा बस्दा बच्चाहरुसँग घुलमेल गर्ने र आशंकाका व्यक्तिले स्वास्थ्य सावधानी नअपनाउँदा बालबालिकालाई संक्रमणमा पर्ने क्रम बढेको उनले जनाए ।