शंकटको बेला हामी साथमा छौं ः राप्ती लाईफ केयर तुलसीपुर

तुलसीपुर, १४ भदौ ।

कोरोना संक्रमण बढिरहेको भन्दै दाङको तुलसीपुर स्थित राप्ती लाईफ केयर हस्पिटलले सजक रहन अनुरोध गरेको छ । हस्पिटलका अध्यक्ष हरि रिजालका अनुसार समुदाय स्तरमै कोरोना संक्रमण देखिएकाले सबै सजक रहन आग्रह गरेका छन् । साथै तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालका २ जना चिकित्सकसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएकाले अस्पतालमा आउनै पर्ने विरामी बाहेक अन्य विरामी नआउन समेत अनुरोध गरेका छन् ।

अहिले तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल सिल हुँदा विरामीहरु मारमा परेको भन्दै राप्ती लाईफ केयर हस्पिटलले लामो समयदेखि हरेक सेवा प्रदान गर्दै आएको अस्पतालका निर्देशक जीवन भण्डारीले बताए ।‘अहिले राप्ती प्रादेशिक अस्पतालका डाक्टरसहित नौ जनामा कोरोना पुष्टि भएकाले अस्पताल सिल भएको छ, अस्पताल सिल हुँदा विरामीहरु मारमा परेका छन्’, उनले भने‘ तर, हामीले प्रादेशिक अस्पतालमा पाईने सबै सेवा लामो समयदेखि उपलब्ध गराउँदै आएका छौं, त्यसैले विरामीहरु राप्ती लाईफ केयरमा उपचारकालागि आउन अनुरोध गर्दछु ।’ यस्तो बिषम परिस्थितमा सामाजिक उत्तरदायित्व बहन गर्दै विरामीहरुलाई सेवा प्रदान गर्ने बताए ।

यस अघि भएको लामो लकडाउनमा पनि आफूहरुले पूर्ण सेवा प्रदान गरेको भन्दै मुलुकलाई शंकट परेको बेला हातमा हात र काँधमा काँध मिलाउने समेत बताए । उनले उपमहानगरपालिकासंग समन्वय गरेर आइसोलेसन बेडहरु समेत सञ्चालनमा ल्याउने उनले बताए । उनका अनुसार कोरोनालाई जित्न आफूहरु अहोरात्र खट्ने समेत उनले बताए । हस्पिटलले राप्ती मै निजि अस्पतालमा पहिलो पटक क्वारेन्टिन पनि सञ्चालनमा ल्याएको थियो । ‘रोगमा मात्रै होईन्, भोगमा पनि साथमै छौं’ भन्ने भनाईलाई आत्मसात् गर्दै लकडाउनको समयमा दैनिकी चलाउन सहज भएकाहरुका लागि खाद्यान्न सहयोग गरेको थियो । साथै आरडीटी परीक्षण गर्ने अनुमति समेत ल्याएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर