कोभिड –१९ र अपराध रोकथाम र नियन्त्रणका लागि समिति गठन

सुशील बस्नेत

दाङ,१२ भदौ ।

कोभिड – १९ रोकथाम र नियन्त्रणका लागि नेपालप्रहरीले समुदायसंग मिलेर अभियान सञ्चालनगर्न शुरु गरेको छ । नागरिकसँगको सहकार्यमा यो महामारीलाई रोक थामगर्न,समुदायमाहुने अपराधिक घटना नियन्त्रण गर्न प्रहरीले नागरिक सँगको सहकार्यको रणनीति अगाडी बढाएको छ ।

यसमा ईलाकाप्रहरी कार्यालय तुलसीपुरले भाबि रणनीतिक योजनाअन्तर्गत नागरिक प्रहरी साझेदारी अभियान शुरु गरेको हो । ईलाकाप्रहरी कार्यालयले मातहतकाप्रहरी कार्यालयहरुलाई प्रत्येक टोल बस्तीमा खटाई नागरिकहरुको भेलाबाट टोल सुरक्षा समिति गठन गर्ने अभियानचलाएको हो ।

ईलाकाप्रहरी कार्यालय तुलसीपुरका प्रमुखशिवबहादुर सिंहकाअनुसार हाल सम्म ५ सय ७८ वटा टोल सुरक्षा समिति गठन गरिएको छ । अझै यो अभियानजारि रहने प्रहरी नायवउपरिक्षक सिंहले बताउनुभयो । टोल सुरक्षा समितिको कार्यबिधि समेत तयार गरिएको छ ।

सोहीकार्यबिधिको आधारमा टोलभेलागरि टोल सुरक्षा समिति गठन गरिएको ईलाकाप्रहरी कार्यालय तुलसीपुरबाट वडा नम्वर ६ बिहानी टोलमा खटिएका प्रहरी सहायकनिरिक्षक रमेश बि.सी.ले जानकारी दिए ।

बिहानी टोल बिकासको आजशुक्रबार सम्पन्न भेलाले पदन संयोजक रहने कार्यबिधिअनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का सदस्ययमुना परियार टोल सुरक्षा समितिको संयोजक भएका छन् । सह–संयोजकमा सोही टोलकी सीता चौधरी,सदस्य सचिबमा राजकुमार थारु,सदस्यमा शान्ति चौधरी,बिकास चौधरी,लक्ष्मी चौधरी,फुलमतिचौधरी, मणीरामबिश्वकर्मा र रुकुमीचौधरीलाई चयनगरिएको छ ।

त्यस्तै टोल सुरक्षा समितिको सल्लाहकारमा सुशील बस्नेत, प्रेमाचौधरी, मनोज लामिछाने र हिमलालचौधरीलाई चयनगरिएको सुरक्षा समिति गठनका लागिउक्त टोलमा खटिएका प्रहरी सहायकनिरिक्षक बि.सी.ले जानकारी दिनुभयो ।

टोल सुरक्षा समितिको उदेश्यभनेको टोल टोलमाअपराध नियन्त्रण गर्न संयन्त्रनिर्माण गर्ने,स्थानीय जन–सहभागितअभिबृद्धि गरि शान्ति सुरक्षाकामगर्ने, बिकास र सुरक्षाबीचको अन्तर–सम्बन्धलाई आत्मसाथगरि दिगो बिकास गर्ने,प्रहरी र जनताबिच सामिप्यता बढाई प्रत्येक टोल सुरक्षा समस्याहरुको पहिचानगरि समाधानको उपायहरु अबलम्वनगर्ने,शान्ति सुरक्षा स्थापीतगर्न प्रहरीले मात्र सम्भव छैन् ।

टोल भित्र रहेको हरेक नागरिक बिनाबर्दीकाप्रहरी हुनुपर्छ भन्ने भावनको बिकास गर्ने टोल सुरक्षितभएमात्रआफ्नो छोराछोरीलाई अपराधिक कृयाकलापबाट बचाँउन सकिन्छ भन्ने सोचाईको उजागर गर्ने लगायतका रहेको प्रहरी सहायकनिरिक्षक बि.सी.ले बताउनुभयो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर