क्षमता बृद्धिका लागि शिक्षकहरुलाई अनलाईन तालिम हुने

तुलसीपुर, १० भदौ ।

शिक्षकहरुको क्षमता बृद्धिका लागि अनलाईन तालीम हुने भएको छ । कोरोनाको महामारीको विषम परिस्थितिमा प्राविधि मैत्री शिक्षक समाज नेपाल, केन्द्रिय प्राविधिक समितिको आयोजनामा सक्रिय सदस्यलाई लक्षित उक्त तालिम हुन लागेको हो ।

भदौ १० गतेदेखि शिक्षक शिक्षिकाहरुको पेशागत क्षमता बृद्धिको लागि अनलाइनमा आधारित १५ दिने तालिम हुन लागेको संस्थापक अध्यक्ष भुपती बस्यालले बताईन् । तालीममा सहभागि हुनकालागि संस्थाले उपलब्ध गराएको गुगल फर्म भर्नुपर्ने उनको भनाई छ । संस्थाले यस अघि पनि बिभिन्न तालीम प्रदान गर्दै आएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर