लकडाउनका सबै नियम पालना गर्नुस्

दाङ, ३२ साउन

गृह मन्त्री रामबहादुर थापाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरु पालना गर्न सर्वसाधारणलाई अपिल गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन सबै नियमहरु पालना गर्न अपिल गरेका हुन् ।

सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भन्दै सबै नागरिकले सचेतना अपनाउन आवश्यक रहेको बताए । गृह मन्त्री थापाले सरकार र नागरिक सबैले एकसाथ सचेत भइ नियमहरु पालना गरेमा सङ्क्रमणलाई नियन्त्रण गर्न सकिने बताए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू भए पनि फेरि सङ्क्रमण बढिरहेको छ । सरकारले केही कडाइ गरी नियन्त्रणको प्रयास गरिरहेको गृह मन्त्री थापाले बताए । फेरि लकडाउन गरेर समस्याको हल नहुने भएकोले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको प्रस्ट पारे ।

लकडाउनका कारण आर्थिक समस्या देखिन थालेपछि सरकारले कोरोना र आर्थिक सङ्कटको अवस्थालाई तालमेल गरी अगाडि बढ्ने नीति लिएको बताए । सरकारले देशभित्र प्रवेश गर्ने १० वटा नाका तोके पनि अझै पनि लुकीछिपी आउने काम भइराखेको उनले बताए ।

अहिले पनि खुला नाका नियन्त्रणका लागि एक हजार दुई सयभन्दा बढी बोर्डर आउट पोस्ट बीओपी० स्थापना गरिएको गृह मन्त्री थापाले बताए । अहिले देशमा बाढी पहिरो र कोरोनाको सङ्कट एकैपटक आएकाले यसको समाधानमा समस्या देखिएको थापाले बताए

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर