नेपालमा कोरोना संक्रमणबाट एकको मृत्यु
साउन ३२ दाङ ।
फेरी नेपालमा विराटनगरकी एक महिलाको कोरोना संक्रमणबाट धरानमा मृत्यु भएको छ । शनिबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा विराटनगर–२ तिनपैनिकी ५० वर्षिय महिलाको मृत्यु भएको हो । उनलाई श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि विराटनगरको न्युरो अस्पतालले शनिबार राती धरान रेफर गरिएको थियो ।
उनको करिब राती साढे १२ बजे तिर मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रभतmा डा.निदेश सापकोटाले जानकारी दिए । यो सङ्गै विराटनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो ।