क्यान्सर पीडितलाई आर्थिक सहयोग

तुलसीपुर, २९ साउन ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ गरगरुवा निवासी क्यान्सर पीडित निराजन वलीलाई आर्थिक सहयोग गरिएको छ ।

जापानमा पढ्ने विद्यार्थी हरि चौधरीले सहयोग गरेको पाँच हजार रकम बिहीबार घरमै पुगेर सहयोग गरिएको हो । चौधरीले पठाएको उक्त रकम नेकपाका नेता छबि चौधरीले घरमै पुगेर प्रदान गरेका हुन् ।

उनको ललितपुर हरिसिद्दी क्यान्सर हस्पिटल ललितपुरमा उपचार भइरहेको छ । उपचारमा आर्थिक अभाब भएकाले सहयोग गरिएको चौधरीले बताए । आगामी दिनमा पनि यसरी नै सहयो गर्ने बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर