नमूना बन्दै उरहरी स्वास्थ्य चौकी

तुलसीपुर २१ साउन ।

दाङको तुलसीपुर ११ स्थित उरहरी स्वास्थ्य चौकी बेल्टाकुराप्रती स्थानीय सेवाग्राहीहरुको बिश्वास बढ्दै गएको छ । स्वास्थ्य चौकिमा आयोजित वार्षिक समीक्षा तथा भावी कार्ययोजना निर्माण कार्यक्रममा सहभागी सेवाग्राही तथा बक्ताहरुले स्वास्थ्यकर्मीहरुले पछिल्लो समय दिइरहेका सेवा तथा व्यबहारप्रति खुलेरै प्रशंसा गरेका हुन् । तुलसीपुर ११ का वडाध्यक्ष तथा स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष चित्र बहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख चित्र वलीले तुलनात्मक रुपमा सेवाग्राहीको चाप बढिरहेको जानकारी दिए ।

उनका अनुसार पछिल्लो २ बर्षको तथ्यांकलाइ तुलना गर्दा स्वास्थ्य चौकीमा सेवा लिन आउने सेवाग्राहीहरुको संख्या झन्डै दोब्बर बढेको छ । आर्थिक बर्ष २०७४÷०७५ मा सेवा क्षेत्रको कुल जनसंख्याको ४१ प्रतिशत अर्थात ६४०२ बिरामिहरुले उपचार सेवा लिएका छन् । आर्थिक बर्ष २०७५÷०७६ मा ६५ प्रतिसत अर्थात ६४८७ बिरामीले सेवा लिएका छन् । त्यस्तै पछिल्लो आर्थिक २०७६÷०७७ को तथ्यांक हेर्दा ७१ प्रतिशत अर्थात् ७०६७ जना बिरामिले उपचार सेवा लिएको देखिएको छ । यो बाहेक अन्य खोप तथा सुत्केरी सेवा समेत लिएको स्वास्थ्य चौकी प्रमुख चित्र वलिले जानकारी दिए । उनको बुझाइमा स्वास्थ्य चौकिप्रती स्थानीयहरुको बिश्वास बढ्दै गएकाले उपचार लिन आउने सेवाग्राहीहरुको संख्या बढेको हो ।

स्थानीय सरोकारवालासंगको सहकार्य राम्रो भएको, जनचेतनामूलक कार्यक्रमलाइ तिब्रता दिएको तथा स्वास्थ्य चौकिको अहिलेको टिम स्प्रिट मिलेकाले पनि तुलनात्मक रुपमा स्थानीयहरुले बिश्वास गर्न थालेको उनले बताए । स्वास्थ्य चौकिका एचएहरु यज्ञ केसी, शेर बहादुर बिसीलगायतले ल्याब लगायतका सेवाहरु थप गरिएको र सेवाग्राहीहरुलाइ सन्तोष पार्न ब्यबहार देखि अन्य कार्ययोजना निर्माण गरि सक्रियता बढाएकाले पनि सेवाग्राहीको मन जित्न भुमिका खेलेको बताए ।

कार्यक्रममा महिला अधिकारकर्मी शुस्मा गिरि, काङ्ग्रेसका प्रतिनिधि अर्जुन बहादुर केसि, नेकपाका प्रतिनिधी डिल्ली बस्नेत, राप्रपाका लिलाधर बस्नेत, समाजसेवी तिलकबहादुर बस्नेत, प्रहरी चौकी जसपुरका इन्चार्ज प्रहरी नायब निरीक्षक कृष्ण पुजारा, वडा सदस्यहरु सुबास डागि, निर्मा चौधरी, अमर माबी उरहरिका प्रतिनिधि पदम वली, आधारभूत विद्यालयका कटाहाका प्रधानाध्यापक टंक भण्डारी, टोल बिकास समिका प्रतिनिधिहरु बिर बहादुर बस्नेत, महेन्द्र कुमार सेन, सेतु जैसी, बिन्दु चौधरी, उर्मिला आचार्य लगायतले आम सर्बसाधारनको मन जित्न सफल भएको भन्दै स्वास्थ्यकर्मी टोलिलाई धन्यवाद दिदै उरहरी स्वास्थ्य चौकिलाइ नमुना स्वास्थ्य चौकिको रुपमा स्थापित गर्न स्वास्थ्यकर्मी टोलिलाई साथ दिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको सहजीकरण स्वास्थ्यचौकिका एचए यज्ञ केसीले गरेका थिए ।

उक्त भेलाबाट द्रुत प्रतिकार्य समुहलाइ सक्रिय बनाइ सम्भाबित बिपत्तिको सामना गर्न तयारी गर्ने, कोभिड १९ बाट बच्न थप सचेतना तथा सतर्कता अपनाउने तथा केहि अपराधीक मनोवृत्तिका ब्यक्तिहरुले केहि दिन अघि स्वास्थ्यकर्मी माथि गरेको व्यबहारप्रती आपत्ती जनाउदै स्वास्थ्यकर्मिलाइ सुरक्षाको कुनै कमि नहुने गरि स्थानीयबासिहरुले सहयोग गर्ने निर्णय गरेको बैठक पछि स्वास्थ्य चौकी इन्चार्ज चित्र वलीले जानकारी थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर