Sushant Singh Rajputका बुबाको ठूलो खुलासा

सुशांत सिंह राजपूतका बुबा केके सिंहले एउटा भिडियो जारी गरेर ठूलो खुलासा गरेका छन्। उनले भने कि “फेब्रुअरीमा बांद्रा पुलिसलाई सुशांतको ज्यान जोखिममा रहेको जानकारी दिएको थिए तर पुलिसले कुनै कारबाही गरेन“।

सुशांत सिंह राजपूत आत्महत्या केसले सोमबार एकदम चाखलाग्दो मोड लियो, जब मुम्बईका पुलिस कमिश्नर परम बीर सिंहले प्रेस सम्मेलन गरे र त्यस केसको बारेमा अपडेट दिय। यस अपडेटमा उनले सुशांतको परिवारको बयान मुम्बई प्रहरीले रेकर्ड गरेको बताएका थिए।

तर सुशान्तका बुबा केके सिंहले जारी गरेको उक्त भिडियो मा, उनले मुम्बई पुलिसले कारबाही नगरेको आरोप लगाएका छन । भिडियो मा सुशान्तका बुबा भन्छन, “फेब्रुअरी २५ मा मैले मुम्बई पुलिसलाई मेरो छोरा सुशांतको ज्यान जोखिममा छ भनि जानकारी गराएको थिय तर तिनीहरूले केहि गरेनन्” ।

तर मुम्बई पुलिसले सुशांतको बुबाको दावीलाई अस्वीकार गरेको छ।

अहिले सुशांतका बुबा केके सिंहले सुशांतकी प्रेमिका रिया चक्रवर्ती र ६ जनाको विरुद्ध आत्महत्या गर्न उक्साएको आरोपमा जाहेरी दिएका छन्।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर