दंगीशरणमा विपद व्यवस्थापनको तयारी

दिप्तीशीखा चौधरी

दंगीशरण, १५ साउन ।

दंगीशरण गाउँपालिकामा विपद पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका लागि प्रारम्भिक बैठक आज बिहीबार बसेको छ । गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समितीका संयोजक पिमा कुमारी खड्काको अध्यक्षतामा बसेको बैठकले दंगीशरणमा आईपर्ने विपद व्यवस्थापन पूर्व तयारी अनुशार अगाडि बढ्ने निर्णय गरेको छ । बैठकमा उपाध्यक्ष खड्काले नीति र विधीमा गएर अगाडि बढ्ने बताए ।

दंगीशरणका १ र २ नं. वडा बढि बाढि पहिरोको जोखीममा पर्ने भएकाले सो वडाका लागि गाउँपालिकाले योजना अनुशार अगाडि बढ्ने सोच बनाएको बताए। २०७२ सालमा आएको बाढिले दंगीशरणमा ठूलो क्षती पुगेको भन्दै अवका दिनमा त्यस्तो क्षतिहुनबाट बचाउनकालागि सावधानी अपनाउनुपर्ने बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले पछिल्लो समय निरन्तर रुपमा परिरहेको पानीले ठाउँ ठाउँमा ठूलो मात्रामा क्षति पु¥याईरहेकाले दंगीशरण गाउँपालिकामा भइपरि आउने समस्यालाई यस बिषयमा गम्भीरपूर्वक लिईरहेको बताए । वडा नंं ५ का अध्यक्ष दिपक गौतमले जाखिम न्यूनिकरणका लागि योजना बनाउँन केहि ढिलाई भएको भन्दै शुरुमा विपद व्यवस्थापनका सामाग्री तयार गर्नुपर्ने बताए । पालीकाका वडा कार्यालयले बिरामी ओसार पसारममा समस्या हुने भएकाले भत्किएका बाटाँहरुको पून निर्माण गर्नुपर्ने बताए । स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले स्वास्थ्य शाखाको तर्फबाट स्वास्थ्यकर्मी खटिने कार्यमा आफु लागिपर्ने बताउँनुभयो ।

सेन्टर अफ क्लाईमेट र इन्भाईरोमेन्ट रीसर्चका भूपमणी दाहालले गाउँपालिकाभित्र आउँने समस्यालाई मध्यनजर गर्दै विपद, प्रकोप, जलउत्पन्न विपद, विपद पूर्व तयारी प्रतिकार्य योजना, उद्धेश्य, आवश्यक्ता र महत्व, फाईदाहरु, कानुनी आधार भित्रका एकल अधिकारको सुनिश्चिचता,विपद पर्वतयारी तथा प्रतिकार्य, योजना निर्माण प्रक्रिया कार्यान्वयन अनुगमन मुल्यांकन तथा सिकाइ, अन्तीम मस्योदा तयारी, योजनाको परिक्षण, प्रारम्भिक मस्योदा तयारी, कार्यशाला, सिममहरु, अगुवा सहयोगी सस्ंथाको भूमिका, विषयगत सदस्य सस्ंथाको भूमिका लगाएतका विषयमा जानकारी गराउँनुभएको थियो । बैठकमा परामर्शदाता आभास पौडेल, नेपाल रेडक्रस जिल्ला शाखा दाङका सन्तोष ढकाल, जानमती चौधरी, वडा न। १ का वडा अध्यक्ष श्रीप्रसाद चौधरी, वडा न। २ का वडा अध्यक्ष तुलसीराम देवकोटा, वडा न। ४ का वडा अध्यक्ष नेव बहादुर कवँर, ६ न। वडाका टंक बहादुर वली , इलाका प्रहरी कार्यालय हेकुलीका कमल थापा, दंगीशरण नेकपा अध्यक्ष भरत अधिकारी, नेपाली कांग्रेस सभापती शोभाकर न्यौपाने, वडा सदस्य छोटिलाल चौधरी, प्रशासन शाखा प्रमुख यादव बहादुर डाँगी, ईञ्जीनीयर अंकित आचार्य लगाएतको सहभागिता रहेको थियो । बैठक यह िआउदो मंगलबार फेरी बस्ने भएको छ ।

दाङ जिल्लाको विपदको अवस्था

दाङमा राप्ती नदिमा आउँने बाढिले हरेक बर्ष मानविय क्षती हुने गरेको छ । २०७१ साल , २०६८ साल र २०७४ सालमा दाङमा आएको बाढिले ठूलो क्षती पु¥याएको हो । सेन्टर अफ क्लाईमेट र इन्भाईरोमेन्ट रीसर्चका अनुशार २०७१ साउन ३० गते बबई नदि र अन्य प्रणालीमा मिसीन आउँने नदिहरुमा आएको बाढिले जिल्लामा १५ जनाको ज्यान गएको तथ्यांकमा उल्लेख गरिएको छ । यस्तै तीन जना अझै बेपत्ता छन् । यस्तै २०६८ साउन २९ गते आएको बाढिले १८ घर पूर्ण रुपमा क्षतीग्रस्त भएका छन् । यस्तै २०७४ साउन २८ गते आएको बाढिले ७ जनाको ज्यान गएको हो भने १ जना बेपत्ता भएको र र ३ सय ५१ घर पूर्ण क्षती र २ सय ८२ घर आंशिक रुपमा क्षती भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर