सल्यानका युवाहरूले गरे क्यान्सर पीडितका लागि रकम संकलन
मिना खड्का
श्रावण ८ दाङ ।
सल्यानका युवाहरूले एक क्यान्सर पीडितका लागि केही अार्थिक सहयोग संकलन गरेका छन् । २४ वर्षको कलिलो उमेरमै ब्लड क्यान्सर जस्तो रोगबाट पिडित नेपालीको लागि रकम संकलन गरेका हुन ।
बिगत ४ महिना अगाडिदेखि ब्लड क्यान्सर रोगबाट थलिएका शारदा नगरपालिका १ शान्तिनगरका किरण नेपालीको पारिवारिक अवस्था निकै नै दयनीय रहेको हुनाले उपचारको लागि रकम संकलन अभियान थालिएको अभियानता अनिल भण्डारीले बताए । उपचारको लागि काठमाडौं गएका पिडित नेपाली अार्थिक अभावका कारण घर फर्केका र भएको घर तथा बारि सबै धितो राख्दा समेत अपुग भई उपचार सम्भव नभए पछि अहिले घरमै रहेको अभियानता भण्डारीले बताए ।युथ सल्यान ग्रुपको अायोजनामा गत सोमबारदेखि थालिएको पीडितका लागि अार्थिक सहयोग अभियानले अाज बिहीबार सम्म ३१ हजार ५ सय ५५ रुपैयाँ संकलन गरेको छ ।
उक्त रकम भोलि एक अौपचारिक कार्यक्रममार्फत पीडित परिवारलाई हस्तान्तरण गरिने छ । साथै सहयोगी मनहरुले पीडितलाई केही रकम उपलब्ध गराउन चाहेमा अभियानता हरुलाई सम्पर्क गर्न पनि अाग्रह गरिएको छ ।