देशैभरी धान रोपाइँ सकिँदै

दाङ, ८ साउन ।

देशभर हालसम्म १२ लाख बढी हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । देशभर कुल १३ लाख ७१ हजार ७ सय ६ हेक्टर रोपाइँ योग्य जमिनमध्ये १२ लाख ५७ हजार ६ सय ७ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए ।

देशभरको उच्च पहाडमा धान खेती हुने ४८ हजार एक सय हेक्टर जमिनमध्ये ४२ हजार दुई सय हेक्टर अर्थात ८७ प्रतिशत भन्दा बढी क्षेत्रफलमा रोपाइँ सकिएको छ । मध्य पहाडको तीन लाख ४६ हजार हेक्टरमध्ये दुई लाख ९४ हजार ९ सय हेक्टर करिब ८५ प्रतिशत भू भागमा रोपाइँ भएको हो ।

तराईमा भने ९४ प्रतिशत भू भागमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । धानको भण्डार मानिने तराई क्षेत्रमा देशभर ९ लाख ७७ हजार ४ सय १४ हेक्टर जमिनमा धान खेती गरिन्छ जसमध्ये ९ लाख २० हजार ३ सय ८२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको प्रवक्ता डा. केसीको भनाई छ ।

सविकको अवधिमा गत वर्ष कुल रोपाइँ योग्य भूमिको ६३.७९ प्रतिशत भू —भागमा रोपाइँ सकिएको थियो । समयमै मनसुन सक्रिय हुनु तथा कोभिडका कारण गाउँ घरमा जनशक्ति प्रशस्त हुनुले रोपाइँ छिट्टै सकिएको मन्त्रालयले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर