कमल गाउँलेको गाईजात्रा

दाङ, ८ साउन ।

हास्य कलाकार कमल गाउँलेले यस बर्ष गाईजात्रे ‘के के हुने हो’ नामक गित सार्वजनिक गरेका छन् । कलाकार गाउँलेले २० औँ कोशेलीका?पमा तयार पार्नुभएको के के हुने हो भन्ने गाईजात्रे गितको आज घोराहीमा बिमोचन समेत गरिएको छ ।

उक्त गितको बरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले विमोचन गरेका हुन् । उक्त गाईजात्रे गीतमा भ्रष्टाचार, अनियमितता, रोग, भोक, राजनिति, नेताको प्रबृत्ती, आन्दोलन, सत्ता लगाएतका बिषयलाई व्यंग मार्फत चित्रित गरिएको छ ।

कार्यक्रममा बोल्दै कमल गाउँलेले २०५७ साल देखी आफुले निरन्तरत गाईजात्रे गितहरु बजारमा ल्याएको बताए । गित, कला र व्यंग्य मार्फत समसामयी विषयलाई उजागर गर्दै सुशासन कायम गर्ने आफ्नो उदेश्य रहेको बताए ।

देशमा असल मान्छे, असल प्रबृत्ती र सुशासन कायम होस भन्ने उदेश्यका साथ व्यंग्यात्मक ढंगबाट गाईजात्रालाई आफुले गितमा जोडेको उल्लेख गरे । कार्यक्रममा प्रमुख अतिथी बरिष्ठ पत्रकार शर्माले शब्द र बोलीबाट समाज रुपान्तरणमा ठूलो भूमिका खेल्न सकिने बताए ।

हास्यकलाकार कमल गाउँलेका प्रस्तुतीहरु सामाजिक चरित्र सँग जोडिएर आउने समेत उल्लेख गरे ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर