तुलसीपुरमा फौजी किराको प्रकोप

तुलसीपुर, ७ साउन ।

दाङको तुलसीपुरमा अमेरिकन फौजी किराको प्रकोप देखा परेको छ । तुलसीपुर उमहानगरपालिका कृषि महाशाखाका प्रमुख धनराज गौतमका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. १ का बिभिन्न स्थानको ६०÷७० बिघा क्षेत्रफलमा फैजी किरा देखिएको छ ।

अहिले सबैभन्दै धेरै वडा नं. १ मा लगाईएको मकैमा क्षति गरेको भएपछि वडा नं. ७, १२ लगायतका वडाहरुमा पनि क्षति पु¥याएको उहाँको भनाई छ । मकैमा फौजी किरा देखिएपछि आफुहरुले नियन्त्रणकालागि पहल जारी राखेको प्रमुख गौतमको भनाई छ ।

नियमित बर्षा भयो भने फौजी किरा आफै नियन्त्रणमा आउने बताए । मकैको धान चमार फाल्ने समय भएकाले पनि यस्तो बेला बढि क्षति हुनेसक्ने भन्दै किसानहरुलाई पमामर्स दिने कार्यदेखि किरा नियन्त्रण गर्ने कार्य भइरहेको उनले बताए । किरालाई छिटै नियन्त्रणमा लिने गरि कार्य अघि बढेको उनले बताए ।

अमेरिकी रैथाने फौजी किरा समूहमा दिउँसो माटोमुनि र रूखमा बस्ने राति सक्रिय हुन्छ । मकै र रूखका पालुवामा एउटा किराले दुईसयसम्म फुल पार्ने र सोही फुलबाट निस्किएको लार्भाले मकै खाएर नष्ट गर्छ ।

एकै रातमा सय किलोमिटरसम्मको क्षेत्रफलमा फुल पार्ने र लार्भा दुई दिनमा बढेर मकैको गुबो, डाँठ र फेदबाट खाने हुँदा अहिले किसान पनि चिन्तित बनेका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर