हेमराज प्रतिष्ठानले १० औ स्मृति कार्यक्रम गर्ने
सुशील बस्नेत,
दाङ,३ साउन,
सञ्चार उद्यमीदेवी प्रसाद धिताल हेमराजको १० औं स्मृतीकार्यक्रम साउन ६ गते गरिदैछ ।
धितालको स्मृतीका लागि स्थापना गरिएको देवीप्रसाद धिताल हेमराज प्रतिष्ठानले १० औं स्मृति सभा गर्ने भएको प्रतिष्ठानका महासचिब महेन्द्र लामिछानेले जानकारी दिए ।
प्रतिष्ठानका जेष्ठ सदस्य लेबेन्द्र धितालको अध्यक्षतामा आज शनिबार तुलसीपुरमा बसेको बैठकले साउन ६ गते माल्यापर्ण र सोहीदिन रक्तदान कार्यक्रम गर्ने निर्णय गरिएको लामिछानेले जानकारी दिए ।
त्रिशिद्धेश्वरी राप्तीयातायात सेवाप्रा.लि.को केन्द्रियकार्यालय तुलसीपुरको परिसरमा रहेको स्वर्गीय धितालको शालिकमा साउन ६ गते बिहान ८ बजे माल्यापर्ण गरिने छ ।
उनका स्मृतिमा सोही स्थान र समयमा रक्तदान गरिने छ । कोरोन १९ काकारण देशभर लकडाउन लागू भईरहेको परिस्थीतिमा यसअघि हुदै आएका अन्य औपचारिक कार्यक्रम भने यसपटक गरिने छैन । परिस्थीति सामान्य हुदै गएमा बाँकी रहेका अन्य औपचारिक कार्यक्रम पनि सोही अनुरुप गरिने आज शनिबार सम्पन्न प्रतिष्ठानको बैठकले निर्णय गरेको छ । २०६७ साउन ६ गते सावीक उरहरी गाबिसको हेमनगरमा अपरान्ह् साँढे ५ बजेतिर एक समूहले उहालाई गोलि हानि हत्या गरेको थियो । तर हत्या भएको एक दशक पुगि सक्दापनि कस्ले र किन हत्या गरेको हो भन्ने खुल्न सकेको छैन ।
उनको हत्या भएको केहीदिनमा प्रहरीले ९८ प्रतिशत अनुसन्धान पूरा भएको बताएको थियो ।तर त्यही बाँकी दुई प्रतिशतमा अनुसन्धान अड्किएको छ। रहस्यमय हत्याको अनुसन्धानको प्रतीक्षामा परिवार र आपन्तहरु रहेका छन्।
राप्ती सञ्चार सेवाद्धारा सञ्चालित रेडियो तुलसीपुरका तत्कालीन अध्यक्षधिताल तथा बिभिन्न संघसंस्थामा आबद्ध थिए ।