दाङमा मानब अधिकार हननका घटना
दाङ, १ साउन
दाङमा वितेको ६ महिनामा एक सय २४ वटा मानव अधिकार हननका घटना भएका छन् । अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेक दाङले आज घोराहीमा पत्रकार सम्मेलन गरी वितेको ६ महिनामा भएका मानव अधिकार हनन्का घटना विबरण सार्वजनिक गरेको हो ।
जस्मा सबै भन्दा धेरै बलात्कार र घरेलु हिंसामा घटनाहरु रहेका छन् । बलात्कारका २७, घरेलु हिंसाका २७, बलात्कार प्रयासका १२, यौन दुव्र्यबहारका ४, गैरकानुनी गिरफ्तारका १७, धम्की र कुटपिटका ९ वटा घटना भएको इन्सेक दाङ प्रतिनिधी जयनारायण पुनले जानकारी दिए ।
अन्य घटनामा दुव्र्यबहारका ५, सम्पत्ती आगजनीका ४, बालविबाहका ३, उपभोक्ता अधिकार र तोडफोडका तीन तीन वटा मानव अधिकार हननका घटना भएको इन्सेकको विबरणमा उल्लेख छ ।
त्यसैगरी, बन्द हडताल २, आत्महत्या दुरुत्सानका २, घर निकाला, जातिय भेदभाब, कथित बोक्सी आरोप, हत्या, बेवारीसे शब फेला एक एक वटा घटना भएको इन्सेकले जनाएको छ ।
ति घटनामा ८२ महिला, ६६ पुरुष पिडित भएका छन भने १ सय ३९ जना पिडक रहेका छन् । इन्सेकका अनुसार ९२ वटा गैरराज्य, २१ वटा राज्य र ११ घटना अज्ञात समूहबाट भएका छन् ।
अघिल्ला बर्षहरुको तुलनामा मानब अधिकार हननका घटनामा कुनै कमि नआएको इन्सेकको तथ्यांकले देखिएको छ । साथै लकडाउनको तीन महिनामा विभिन्न प्रकृतीका ६७ वटा मानब अधिकार हननका घटना भएका छन् ।