दाङको विरेन्द्र मावि नमूना विद्यालय छनोट
तुलसीपुर, १ साउन ।
दाङ दंगीशरण गाउँपालिका वडा नं. ३ स्थित विरेन्द्र माबि नमूना विद्यालयका रुपमा छनोट भएको छ । सरकारले आर्थिक बर्ष २०७६÷०७७ मा देशभरका एकसय वटा नमूना विद्यालय छनोट गरेको छ । सोही अनुसार दाङको विरेन्द्र माबिलाई नमूना विद्यालयका रुपमा छनोट गरिएको हो ।
बुधबारको मन्त्री स्तरीय बैठकले उक्त विद्यालयलाई पनि नमूना विद्यालयका रुपमा छनोट भएको हो । विद्यालय क्षेत्र विकास योजना अनुसार सवै स्थानीय तहमा नमूना विद्यालय विकास गर्ने लक्ष्य राखिएको छ ।