दाङमा दुर्घटनामा गम्भीर घााईते महिलाको मृत्यु

तुलसीपुर, १८ असार ।

दाङमा दुई मोटरसाईकल ठोक्किदा शान्तिनगर गाउँपालिका वडा नं. १ निवासी ४८ बर्षीय पवि डाँगीको मृत्यु भएको छ । उनको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । डाँगीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारकालागि नेपालगञ्ज लगिएको थियो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिबबहादुर सिंहका अनुसार विहीबार विहान १० बजेतिर दुई मोटरसाईकल ठोक्किदा रा ५ प ६५२५ नम्बरको मोटरसाईकलमा सवार डाँगीको मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाईते भएका छन् । डाँगी सवार मोटरसाईकलका चालक शान्तिनगर गाउँपालिका वडा नं. १ बगीया निबासी २० बर्षीया शंकर परियारसहित अन्य तीन जना घाईते भएका हुन् ।

बिहीबार तुलसीपुरबाट भमकेतर्फ आउँदै गरेको गरेको रा ५ प ८०९५ मोटरसाईकल र पश्चिमबाट तुलसीपुर तर्फ जाँदै गरेको रा ५ प ६५२५ नम्बरको मोटरसाईकल तुलसीपुर–८ अश्वाराको उकालोमा एक आपसमा ठोक्किदा रा ५ प ८०९५ मोटरसाईकल चालक तुलसीपुर उपमहानगरपालिका वडा नं. २ भमके निवासी ३० बर्षीय गुरुप्रसाद चौधरी र पछाडी बसेका दुधेना निबासी ३२ बर्षका पुनाराम चौधरी घाइते भएका हुन् । परियारको नेपालगञ्जमा उपचार भइरहेको छ । अन्य दुईजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर