कोरोना संक्रमित कर्मचारीको उमेर १ बर्ष भएपछि…
तुलसीपुर, ६ असार ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार एउटा विज्ञप्ति जारी ग¥यो । जसमा उमेरमा त्रुटी देखियो । प्रतिष्ठानले जारी गरेको बिज्ञप्तिमा घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी एक बर्षीय कर्मचारीमा कोरोना पुष्टि भएको भनि जानकारी गरायो । त्यसपछि सामाजिक सञ्जालमा बिभिन्न ब्यक्तिले टिकाटिप्पनी गर्न थाले । टिकाटिप्पनी भएपछि केही समयपछि पुनः प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलास देवले भुलबस २४ बर्षीय महिला हुनुपर्नेमा अन्यथा भएको भनी सच्चाएका छन् । प्रतिष्ठानले यसरी पटक–पटक गम्भीर कम्जोरी गर्ने गरेर आलोचना खेप्दै आएको छ ।
प्रतिष्ठानका अनुसार शनिबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मी चारजना, प्यूठानका ८ जना र रुकुमपूश्चिमका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिष्ठानमा कार्यरत बुटवल ३९ बर्षीय पुरुष, लमही नगरपालिका ५ का २५ बर्षीय महिला र घोराही उपमहानगरपालिका वडा नं. २ का ४२ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नं. १ का १७, २३ र ४२ बर्षीय तीन जना, सरुमारानी गाउँपालिका वडा नं. ५ का २१, २१, २४, २६, २८ बर्षीय पाँच जना र रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं. १२ निवासी ३३ बर्षीय एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।