कोरोनाको त्रासबीचको शिक्षा : टोल–टोलमा पढाउने नीति
तुलसीपुर, ५ असार ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा विद्यार्थीहरुलाई टोल–टोलमा सिकाई गर्ने कुरा समावेश गरेको छ । उपमहानगरपालिकाले कोरोनाको त्रासकाबीच अहिले नै विद्यालय सञ्चालन गर्न सक्ने अबस्था नहुँने भन्दै प्रबिधिको पहुँचबाट टाढा रहेका विद्यार्थीहरुलाई कार्यपुस्तकलगायतको व्यबस्था गरि शिक्षक र स्थानीय स्वयंसेवकहरुको परिचालनबाट टोल–टोलमा सिकाई कार्यmक्रम लागु गरिने भएको हो । साथै शिक्षक र विद्यार्थीलाई जोड्नकालागि टोलफ्रि फोनको समेत ब्यबस्थापन गरिने भएको छ । साथै सबै विद्यालयहरुमा ईन्टरनेट पु¥याउन पहल गर्ने, नेटको पहुँचमा नपुगेका विद्यालय र विद्यार्थीहरुलाई अफलाईन डिजिटल कन्टेटको व्यबस्थापन गर्ने समेत नीति सार्बजनिक गरेको छ ।
हरेक एउटा वडामा एउटा मन्टेश्वरी, दिवा खाजाको व्यबस्था, एक वडा ÷एक नमूना विद्यालय, उपमहानगरपालिका भित्र ३० वटा नमूना विद्यालय बनाउने, शिक्षक दरवन्दी मिलान गरिने, टिचफर संगको सहकार्य जारी राख्ने, प्राबिधिक शिक्षामा जोड दिने, नगर स्तरीय पुस्तकालय निर्माण गरिने, स्थानीय भाषा र परिबेशका आधारमा पाठ्यपुस्तक तयार गरिने, संस्थागत विद्यालय र सरकारी विद्यालयबीचको सहकार्य अघि बढाईने, गुरुकुल र आचार्य कुलम पद्धतिलाई शिक्षा विकासमा जोड्ने नीति अघि सारेको छ ।