दाङ तुलसीपुरका लागुऔषध करोवारी पक्राउ
तुलसीपुर, ३ असार ।
तुलसीपुरका लागुऔषध कारोवारीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमके निवासी २३ बर्षीय लोकबहादुर थापालाई आज पक्राउ गरिएको हो ।
प्रतिवादी बबि पुन समेत भएको लागु औषध ब्राउन सुगर मुद्दामा गएको बर्ष भदौ २६ गतेदेखि फारार रहेका थापालाई आज दिउसो साढे २ बजेतिर पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घोराहीबाट रा ४ प २८७६ नम्बरको मोटरसाईकलमा तुलसीपुर आउँदै गर्दा १ ग्राम ३४० मिलिग्राम ब्राउन सुगरसहित दुधरासबाट पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट ३३ हजार नगद समेत बरामद गरिएको छ । साथै लागु औषध मुद्धामा अनुसन्धानको क्रममा रहेका शंकर पुनको श्रीमती घोराही उपमहानगरपालिका वडा नं ५ निवासी २० बर्षीया सरिता परियार पुनलाई समेत नियन्त्रणमा लिईएको छ