‘गृहमन्त्री के हेर्दै, बलात्कारी देश घेर्दै’

तुलसीपुर, ३ असार ।

कैलालीमा भएको सामूहिक बलात्कारको घटनाका बिषयमा तुलसीपुरमा विरोध गरिएको छ । तुलसीपुरका अस्मिता भण्डारी, सुस्मिता डाँगी, गीता डाँगी, मुना खड्का, इशा वली, गणेश भण्डारी, ऋषि परियारसहित दुईदर्जन बढि युवायुवतीहरुको सक्रियतामा विरोध गरिएको हो ।‘क्वारेन्टिनमै वलात्कार, यही १० अर्बको चमत्कार’, ‘महिलाविना यो समाज अधुरो छ, महिला हिंसा बन्द गरौं’, गृहमन्त्री के हेर्दै, बलात्कारी देश घेर्दै’, ‘ ईनअफ इज ईनअफ, स्टप रेप’, ‘रियल म्यान, डन्ट रेप’, हाम्रो आह्वान, महिला सुरक्षा र सम्मानलगायतका नारा लगाएका थिए ।

पछिल्लो समय बलात्कारका घटना बढेको भन्दै यसमा सरकार गम्भीर बन्नु पर्ने उनीहरुको भनाई छ । मुलुक कोरोनाले थिलाथिला बनेको अबस्थामा क्वारेन्टिन नै असुरक्षित बन्नुले आफुहरुलाई दुखित बनाएको इशा वलीले बताईन् ।

आगामी दिनमा यस्ता घटनाका बिषयमा सरकार गम्भीर नबने अझै ससक्त आन्दोलन गर्ने अस्मिता भण्डारीले बताईन् । अझै पनि महिला हिंसामा कमी आउन नसकेको भन्दै सबै महिलाहरु एक भएर आवाज उठाउने सुस्मिता डाँगीले बताईन् ।

अब महिलाहरु चुप लागेर नबस्ने गीता डाँगीले बताईन् ।

यसरी पटक–पटक हुने महिला हिंसा रोक्न सबै जागरुक हुनुपर्ने मुना खड्काले बताईन् । तुलसीपुरको बिपी चोकमा विरोध कार्यक्रम भएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर