दाङमा कोरोना संक्रमित साढे २ सय पुगेपछि लकडाउन कडाई गरिने
तुलसीपुर, ३ असार ।
दाङमा कोरोना संक्रमितहरुको संख्या करिब साढे २ सय पुगेपछि लकडाउनलाई थप कडाई गरिने भएको छ । जिल्ला विपद् व्यबस्थापन समितिको बुधबार बसेको बैठकले भोली बिहीबारदेखि दाङका सबै बजारहरु साँझ ५ बजेपछि बन्दगर्ने निर्णय गरेको छ । यही रफतारमा संक्रमितहरु बढेमा नयाँ रणनीति बनाउने समेत योजना बनाईएको छ ।
साथै निजी सवारी साधनहरुको जोर, बिजोर प्रणाली जिल्लाभर लागू गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।
उहाँका अनुसार मोटरसाइकलमा जोर, बिजोर प्रणाली अन्तगर्त एकजनामात्र बसेर सवारी गर्न पाउनेछन् । जीप÷कारहरुमाचालक सहितअन्यदुईजना बस्नेगरी जोरविजोर प्रणाली लागू गरिएको छ ।
दाङमा गतेका आधारमा जोर, बिजोर लागु गर्ने निर्णय गरिएको छ । जोर गतेमा जोर सवारी साधन सञ्चालन गर्न पाईने छ, भने विजोर गतेमा विजोर सवारी साधन सञ्चालन गर्न पाईने उनको भनाई छ ।
जिल्ला विपत व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको अध्यक्षत्तामा बसेको वैठकले यस्तो निर्णय गरेको हो ।
बैैठकले जिल्लामा कोरोना संक्रमितहरुको प्रभावकारी उपचार गर्नका लागि परीक्षण बिधि बढाउन दुईदिनभित्रै ‘रेएजेन्ट’ कम्तिमा पनि दशहजार व्यक्तिको परीक्षण गर्ने गरी जिल्लामा ल्याउने निर्णय गरेको छ ।
त्यस्तै बैठकले दैनिक एक हजार व्यक्तिको चेकजाँच रिर्पोट सार्वजनिक गर्नेगरी तयारी गर्ने, क्वारेनटाइनहरुलाई थप व्यवस्थित गर्ने, संक्रमितहरुकालागि सम्बन्धित क्वारेन्टाइनमै आइसोलेसन बनाउने, सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गर्ने, शव व्यवस्थापनकालागि सम्बन्धित गाउँपालिकाहरुमै स्थान बनाउने, त्यसकालागि १० जना बढिको शव व्यवस्थापनमा चाहिने सामानहरु जिल्ला विपतव्यवस्थापन समितिमा स्टक राख्ने निर्णय गरिएको छ ।
यसैगरी वर्षाद्को समय भएकाले बाढी, पहिरोको जोखिमबाट बच्नकालागि वडा–वडामा सचेतना फैलाउने, तयारी कार्यलाई व्यापक बनाउने, यसकालागि प्रचार–प्रसार गर्न नेपाल पत्रकार महासंघसँग समन्वय गर्ने निर्णय गरेको छ ।
बजारमा व्यवसायीहरुलाई सचेत र सजग बनाउन उद्योग वाणिज्य संघ र च्याम्बरसँग समन्वय गर्ने, गाउँपालिकाहरुमा सचेतना कार्यक्रमअन्तगर्त माइकिङ गर्न सम्बन्धित गाउँपालिकासँग समन्वयगर्ने निर्णय भएको प्रजिअ रिजालले बताए ।
दाङमा बुधबारसम्म दुईसय ४४ जना कोरोना संक्रमित भेटिएका छन् । हालदाङमा ५ हजार जतिव्यक्तिको परीक्षण गर्न बाँकी छ । हाल ४ सयजतिको परीक्षण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठनमा हुँदै आएको छ । अबको केहीदिनमा नै दैनिक एक हजार जतिको परीक्षण रिपोर्ट प्रतिष्ठानले दिने गरी तयारी गरिएको छ । यस हिसाबले पनिअबको एक हप्ताभित्र परीक्षण गर्न बाँकी सबैको परीक्षण गरेर पनि रिर्पोट बाहिर आउने छ । यस्तो भएमाक्वारेन्टाइनमा बसेकाहरु मध्य नेगेटिभ आएकाहरु घर जानेछन् भने पोजेटिभ देखिएकाहरुको उपचार सुरु हुनेछ ।