दाङमा कोरोना संक्रमित बढ्दै : एकैदिन ५६ थपिए
तुलसीपुर, २ असार ।
दाङमा मंगलबारसम्म कोरोना संक्रमितको संख्या करिब साढे दुईसय पुगेको छ । मंगलबार ५६ जना कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या दुईसय ४२ पुगेको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठाना गरिएको परीक्षणका क्रममा ४६ पुरुष र १० महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये घोराही उपमहानगरपालिका वडा नंं ४ का ४७ जना रहेका छन्, भने घोराही–१२ का ४ जना र घोराही–११ का ३ जना रहेका छन् ।
अन्य दुई जना पनि घोराही उपमहानगरपालिकाकै रहेपनि वडा खुलेको छैन । प्रतिष्ठानमा परीक्षण गर्दा सल्यानका एक जनामा कोरोना पुष्टि भएको छ ।