देउखुरीमा जुवाको खालबाट नगद सहित १३ जना पक्राउ
![](https://www.dangtvonline.com/wp-content/uploads/2020/06/22222222222222222222.jpg)
प्रिया स्मृती गजमेर
देउखुरी , ३१ जेठ ।
दाङको देउखुरीमा जुवा खेलिरहेको अवस्थामा १३ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । राजपुर गाउँपालिका वडा नम्बर ५ चंगुवा स्थित सुरेन्द्र चौधरीको घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवाको टोलीले नियन्त्रणमा लिएको हो ।
८९ हजार ९ सय ८० रुपैँया सहित गए राति एक बजे उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दाङको राजपुर गाउँपालिका वडा नम्बर ५ निवासी दिपक यादव, सोही ठाउँ निवासी भिमबहादुर भण्डारी, हरि गोविन्द यादव, भुनेश्वर चौधरी, कुलदिप शर्मा, अनिराग भण्डारी, रोशन भण्डारी, वडा नम्बर ७ बनकट्टी निवासी प्रेम ओली, सनोज कुमार चौधरी, लमही नगरपालिका वडा नम्बर ७ निवासी सरोज चौधरी, सोही ठाँउ निवासी विकास थापा, ८ नम्बर निवासी रञ्जित चौधरी र भुपबहादुर थापालाई गए राती जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय गढावाका प्रहरी निरिक्षक भरतसिंह राठोरले बताए ।
पक्राउ परेका तेह्र जनालाई इलाका प्रहरी कार्यालय गढवामा राखिएको छ । उनिहरुको आइतवार म्याद थप गरि जुवा ऐन अन्र्तगत मुद्धा चलाउने र सोही बमोजिम कारबाही गरिने निरिक्षक राठोले जानकारी दिए ।