दाङको तुलसीपुर स्थित पालपाली मेडिको फर्माको जेनेरेटरमा आगलागी
तुलसीपुर, २९ जेठ ।
दाङको तुलसीपुर स्थित पालपालि मेडिको फर्माको जेनेरेटरमा आगलागी भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरको ‘ग’लाईन स्थित उक्त मेडिकलमा विहीबार पाँचबजेतिर आगलागी हुदा जेनेरेटरमा क्षति भएपनि अन्य स्थानमा भने क्षति हुन पाएको छैन् । उच्च भोल्टेजका कारण आगलागी भएको हो । आगलागीबाट जेनेनेटरमा करिब डेढलाख क्षति भएको प्रहरीले बताएको छ ।