लागुऔषधमा यसरी मुछियो तुलसीपुर उद्योग बाणिज्य संघको एम्बुलेन्स

तुलसीपुर, २४ जेठ ।

तुुलसीपुर उद्योग बाणिज्य संघको एम्बुलेन्स बिहीबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा थियो । त्यही क्रममा अस्पताल परिसरमा दुई जना विरामी आए । जसमा घोराही उपमहानगरपालीका वडा नंं १५ बराला निवासी २३ बर्षीय शंकर घाँडे भन्ने शंकर पुनले आफु विरामी भएको प्रमाण देखाए । उनीहरुले सोही एम्बुलेन्सलाई उपचारकालागि नेपालगञ्ज जान अनुरोध गरियो ।

विरामीको पुर्जी देखाएपछि एम्बुलेन्स चालक पनि नेपालगञ्ज जान राजी भए । उनीहरुसंग भिडियो एक्सरे गरेको प्रमाण थियो । हातमा पनि ब्यान्डेज गरिएको थियो । जाँदा सकडबीचका प्रहरी चौकीहरुमा जाँच हुँदा त्यही पूर्जी देखाएर जान दियो । उनीहरु नेपालगञ्जको भेरी अस्पतालमा गए ।

त्यसको करिब आधा घण्टा पछि सर्जिकल भयो, भनेर उनीहरु पुनः त्यही एम्बुलेन्समा चढेर दाङ आए । दाङ आउने क्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँ स्थित अस्थायी चेक प्वाईन्टमा चेकजाँच भयो । चेकजाँचका क्रममा नक्कली विरामी बनेका शंकर घाँडेले लगाएको खैरो रंगको पाईन्टको अगाडीको बाँया खल्तीमा कालो प्लाष्टिकले २ वटा पोका बनाई खैरो रंगको ब्राउन सुगर राखेको भेटियो ।

त्यो भेटिएपछि एम्बुलेन्स चालकसहित शंकर घाँडे र उनीसंगै गएकी तुलसीपुर उपमहानगरपालिका वडा नं.५ बस्ने १८ बर्षीया दीपा थापालाई प्रहरीले नियन्त्रणमा लियो ।

उनीहरु नक्कली विरामी बनेर नेपालगञ्जबाट लागुऔषध दाङ ल्याएको हुन सक्ने भन्दै यस बिषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

उनीहरुलाई विहीबार राति ८ बजेतिर तुलसीपुर उद्योग बाणिज्य संघको रा १ च ३८९ नम्बरको एम्बुलेन्ससहित पक्राउ गरिएको हो । उनीहरुबाट १६ ग्राम ४५० मिली ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले बताएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर