आचरण सुधारमा तुलसीपुर प्रहरी : ‘सबैलाई ‘हजुर’ भनेर बोलाइने छ’

दीपक बोहरा

तुलसीपुर, २१ जेठ ।

बाँकेबाट सरुवा भएर ईलाका प्रहरी कार्यालय तुलसीपुरको प्रमुख भएर आएका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले तुलसीपुरमा अपराधको अबस्था, प्रकृति, सुधार लगायका बिषयमा सम्बन्धित निकायसंग छलफल गरिरहेका छन् ।

तुलसीपुर भित्रिएपछि दाङका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा तुलसीपुर क्षेत्रका क्रियाशिल ब्यबसायीहरुसंग भेटघाट गरेका उनले बुधबार क्रियाशिल पत्रकारहरुसंग भेटघाट गरे ।‘भेटघाटको एउटै उद्देश्य हो, यहाँको अपराधको अबस्था, प्रकृति, सुधारका बिषयमा जानकारी लिने’, उनले भने,‘ जिल्ला अनुसार अपराधका घटनाहरु फरक–फरक हुन्छन्, तुलसीपुरमा पनि धेरै फरक प्रकृतिका घटनाहरु देखा परे ।’

उनले आफु दाङमा पहिलो पटक आएको र दाङमा हुने हरेक क्रियाकलापको बारेमा जानकारी नभएकाले पनि सबैसंग छलफल गरिरहेको बताए । ‘ टिकापुरमा हुने अपराध दाङमा नहुन सक्छन्, झापामा नहुँने अपराधहरु दाङमा नहुँन सक्छन्’, उनले भने,‘ म दाङमा यो भन्दा अघि कहिल्यै आएको थिइँन् ।’

दाङमा आएर आफुहरुले ढुंगा, गिट्टी उत्खनन्को घटना पहिलो पटक सुनेको समेत उनले बताए ।‘मैले ढुंगा, गिट्टीको केश पहिलो पटक सुन्दै छु’, उनले भने‘ मलाई यो बिषय नयाँ लागेको छ, तर म जहाँ गएको छु, सफल भएको छु, यो बिषयमा पनि सफल हुनेछु ।’

समाजमा शान्ति सुरक्षा, अमनचैन कायम गर्नु प्रहरीको मुख्य जिम्मेवारी भएको भन्दै उनले सर्वप्रथम प्रहरी नै सुधार हुनुपर्ने समेत उनको भनाई थियो ।‘ म आएपछि मेरो पहिलो प्राथमिकता भनेको प्रहरीको आँचरण सुधार गर्ने हो’, उनले भने,‘ मैले ईप्रका तुलसीपुरमा कार्यरत सबै प्रहरीलाई नागरिकसंग बोल्दा ‘तँ’ भनेर नबोल्न भनेको छु, सबैलाई ‘हजुर’ भनेर बोलाउन भनेको छुँ, यदि कोही प्रहरीले यसरी अपशब्द बोल्ने, हेपाहा प्रबृतिले बोल्छ, भने मलाई जानकारी दिनुस्, म कारवाही गर्छु ।’

अर्को तर्फ एक महिना भित्र अहिले तुलसीपुर क्षेत्रमा भइरहेका हरेक अपराधिक क्रियाकलापको अन्त्य गर्ने समेत उनको प्रतिबद्धता थियो ।‘मलाई एक महिनाको समय दिनुस्’, उनले भने‘ त्यो बीचमा मैले यहाँ हुने जुवातास, ड्रग्स, हत्या, हिंसा, उत्खनन्को कार्यलाई अन्त्य गर्छु ।’

अहिले खोला उत्खनन् खोल्ने, बन्द गर्ने अधिकार पनि स्थानीय सरकारलाई भएको भन्दै स्थानीय सरकारले नै टेण्डर गर्ने, अनुगमनको कार्य पनि स्थानीय सरकारले नै गर्दै आएको छ । तर, अबैद्य उत्खनन् भइरहेमा प्रहरीलाई आलोचना हुने गरेको उनले दुखेसो समेत पोखे । ‘टेण्डर गर्ने, अनुगमन गर्ने जिम्मा सबै स्थानीय सरकारलाई छ’, उनले भने,‘ तर, अबैद्य उत्खनन् भएमा प्रहरीलाई नै आलोचना आउने गरेको छ ।’

राजनीतिक दवाब आउनु स्वाभाबि

उनले प्रहरीलाई राजनीतिककर्मीको फोन आउनु स्वभाबिक भएको समेत बताए । ‘राजनीतिक दलहरु जनताका प्रतिनिधि हुन्, सबै जनता प्रहरी समक्ष आउन सक्दैनन्, त्यसैले राजनीतिक दलमार्फत जनताका समस्या प्रहरी समक्ष आउनुलाई अन्यथा लिनु हुँदैन्’, उनले भने‘ तर हामीले त्यसलाई कानुनसम्बत कसरी अगाडि बढाउने भन्ने कुरा हो ।’

‘प्रहरीमा व्यबसायी हावि’

त्यस अवसरमा सहभागी पत्रकारहरुले प्रहरी ब्यबसायीहरुको दवाबमा पर्ने गरेको भन्दै सजक हुन आग्रह गरेका थिए । पटक–पटक ब्यबसायीहरुकै कारणले प्रहरी विवादित हुने गरेको भन्दै यसमा सहज हुन आग्रह गरे । तुलसीपुरका केही व्यबसायीहरुले प्रहरीलाई नै चलाउन खोज्ने प्रबृति हावी हुँदा प्रहरी नै व्यबसायीसंग चलखेल गर्छ, की भन्ने आशंका पैदा हुने गरेको भन्दै यसमा सजक हुन आग्रह गरिएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर