दाङका क्वारेन्टिनमा साढे २२ सय भन्दा बढि
तुलसीपुर, ११ जेठ ।
दाङमा क्वारेन्टिनमा २२ सय बढि रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार २२ सय ५३ जना रहेका छन् । पछिल्लो समय नाका क्षेत्रबाट उद्दार गरेर दाङ भित्र्याएर दाङ ल्याईएकाले क्वारेन्टाइनमा रहनेको संख्यामा बृद्धि भएको हो ।
उनका अनुसार आईतबार घोराहीमा ८ सय, बंगलाचुलीमा ६ सय ४, राप्तीमा दुईसय ८१, गढवामा एकसय ७३, तुलसीपुरमा एकसय ७६, शान्तिनगरमा १९, दंगीशरणका १८, बबईमा ३१, लमहीबाट ६५, राजपुरमा २६ जना रहेका छन् ।
अहिले कोरोना बिशेष अस्पताल बेलझुण्डीमा संक्रमितलाई राख्न थालेपछि सबैजनालाई क्वारेन्टाईनमै राख्ने गरिएको छ । दाङको बेलझुण्डीमा अहिले १८ संक्रमितलाई राखिएको छ ।