दाङका कोरोना संक्रमित जेठ ३ गते दिल्लीबाट आएका थिए

दाङ, ८ जेठ ।

दाङमा विहीबार भेटिएका कोरोना संक्रमित भारतबाट आएको खुलेको छ । घोराही उपमहानगरपालिका वडा नं. ३ निवासी ३७ बर्षीय ति ब्यक्ति जेठ ३ गते भारतको दिल्लीबाट कृष्णनगर नाका हुँदै दाङ आएको घोराही उपमहानगरपालिकाका जनस्वास्थ्य पर्वद्र्धन शाखाका कोभिड–१९ फोकल पर्सन विकेश रेग्मीले बताए । उनका हाल घोराही उपमहानगरपालिकाले स्थापना गरेको कुहिरेपानी क्वारेन्टाइनमा राखिएको थियो ।

उनलाई केही समयमा उपचारकालागि कोरोना विशेष अस्पताल बेलझुण्डी ल्याउन तयारी भएको उनले बताए । उनीसंगै विहीबार १७ जनाको स्वाब परिक्षण गरिएको थियो । अन्य १६ जनाको भने रिपोर्ट नेगेटिभ आएको थियो । यो संगै दाङमा संक्रमितको तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि गढवा गाउँपालिकामा दुई जनामा संक्रमण देखिएको छ ।

यसैविच विभिन्न जिल्ला र पालिकाहरुका क्वारेन्टाईनबाट संकलन गरिएको ६९ जनाको स्वाब जाँचमा उहाँमा कोरोना संक्रमण देखिएको प्रतिष्ठानका कायममुकाय राजिष्टार कैलासप्रसाद देवले जानकारी दिए ।

प्रतिष्ठानले अहिले सम्म एक हजार ५४ जनाको स्वाब संकलन गरेको र ७ सय ६४ जनाको जाँच गरेको र ति मध्य ३ जनामा कोरोना देखिएको बिज्ञप्तीमा उल्लेख गरेको छ । प्रतिष्ठानमा अहिले २ सय ९० जनाको स्वाब जाँच प्रकृयामै रहेको जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर