रोल्पा आइसोलेशनमा मृत्यु भएका युवकको रिपोर्ट ‘नेगेटिभ’

रोल्पा, ७ जेठ ।
रोल्पा अस्पतालको आइसोलेशनमा सोमबार मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । रोल्पा नगरपालिका–१ सानो लिवाङका २२ वर्षीय युवकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।
उनी दुई वर्षदेखि मिर्गौलाको रोगबाट पीडित थिए । उनी काठमाडौँबाट उपचार गरी फर्केको बताइएको छ । टिचिङ अस्पतालबाट फर्किएका युवकलाई आइतबार राति साढे १० बजे रोल्पा अस्पताल रेउघामा भर्ना गरिएको थियो । अस्पतालको आइसोलेशन वार्डमा रहेका बेला मृत्यु भएकोे रोल्पा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट धनमाया घर्ती मगरले जानकारी दिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर